अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

विश्वभर कोरोनाका कारण ४१ लख ७१ हजारको मृत्यु

बिआरटीनेपाल २०७८ साउन १० गते ७:४५ मा प्रकाशित

विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण ४१ लख ७१ हजार ३ सय मानिसको मृत्यु भएको छ । हाल सम्म विश्वभरि १९ करोड ४५ लाख ४९ हजार मानिस कोरोनाका कारण सङ्क्रमित भएका छन् । यस्तै गरि आज सम्म विश्वभरि १७ करोड ६५ लाख ८६ हजार मानिसहरु उपचार पछि निको भएका छन् । हाल सम्म अमेरिकामा ६ लाख २६ हजार ७ सय १३ जनाको मृत्यु भएको छ भने अमेरिकामा ३ करोड ५१ लख ८४ हजार मानिसहरु सङ्क्रमित भएका छन् ।

यसैगरि अमेरिका पछि सबै भन्दा धेरै सङ्क्रमित भएको देश भारतमा हाल सम्म ४ लाख २० हजार ५ सय ८५ जनाको मृत्यु भएको छ । भारतमा ३ करोड १३ लाख ७१ हजार मानिसहरु सङ्क्रमित भएका छन् । ब्राजिलमा कोरोनाका कारण ५ लाख ४९ हजार ५ सय मानिसहरुको मृत्यु भएको छ । ब्राजिलमा १ करोड ९६ लाख ७० हजार मानिस सङ्क्रमित भएका छन् । रसियामा भने हाल सम्म १ लाख ५३ हजार मानिसहरुको मृत्यु भएको छ । फ्रान्समा १ लाख ११ हजार मानिसहरुको कोरोनाको कारण मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू