अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

नेकपाका महासचिब चन्द र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ साउन १० गते ७:४२ मा प्रकाशित

नेकपाका महासचिव नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आज भेटघाट भएको छ । यादवलाई भेट्न चन्द र पार्टी नेता खड्गबहादुर विश्वकर्मा यादव निवासमा पुग्नुभएको थियो । केही दिन लगातार राजनीतिक भेटघाटमा व्यस्त चन्दले आज विहान यादवसँग भेट गर्नुभएको हो । यसअघि, चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, डा. बाबुराम भट्टराईसँग भेट गरिसक्नुभएको छ ।

यसैगरी, उहाँले राप्रपाका अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा एमालेका नेता रामबहादुर थापा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतलाई भेटेर आफ्नो सरोकार राखिरहनुभएको छ । सरकारसंग भएको ३ बुँदे सहमति कार्यान्वयनमा ल्याउन पहल गरिदिन उहाँले नेताहरुलाइ आग्रह गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू