अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

एन्फाका पदाधिकारीका कारण राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताइरीद्धारा राजिनामाको घोषणा

बिआरटीनेपाल २०७८ साउन १० गते ७:४० मा प्रकाशित

नेपालको सिनियर राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ–एन्फाका एक पदाधिकारीलाई कारण देखाउँदै राजिनामा दिने घोषणा गर्नुभएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङका कारण आफुले राजिनामा बुझाउन लागेको सामाजिक सन्जालमा उल्लेख गर्नुभएको छ । उहाँ कतार फुटबल संघको प्राविधिक सहयोगमा नेपाल आउनुभएको थियो ।

चैतमा प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अल्मुताइरी नेपाली टोलीको प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको थियो । अल्मुताइरीले पछिल्लो तीन सातामा नेम्बाङले आफुसँग निकै नाटक गरेको उल्लेख गर्नुभएको छ । एन्फा प्रवक्ता इन्द्रमान तुलाधरले अल्मुताइरीले राजिनामा बुझाइ नसकेको बताउनुभयो ।

प्रतिक्रिया