अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

यातायात व्यवसायीको आन्दोलन, सरकारलाइ बुझाए चाबी

बिआरटीनेपाल २०७८ साउन १० गते ७:३३ मा प्रकाशित

भाडावृद्धि लयायत विभिन्न माग राखी आन्दोलनरत यातायात व्यवसायीले सरकालाई गाडीको साँचो बुझाएका छन् । विभिन्न सातबुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत सरकारलाई साँचो बुझाएका हुन् । व्यवसायीका प्रतिनिधिले आज कठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई साँचो र मागपत्र हस्तारन्तरण गरेका छन् ।

कोराना महामारीबाट यातायात क्षेत्रमा पर्न गएको प्रभावबारे महासंघले विभिन्न निकायमा मागपत्र बुझाए पनि कहींबाट पनि सम्बोधन नभएकाले साँचो बुझाउनु परेको महासंघले जनाएको छ । महामारीबाट प्रभावित यातायात व्यवसायीले कुनै राहत सुविधा नपाएको उनीहरुको गुनासो छ ।

यातायात व्यवसायीलाई कारोनाविरुद्धको खोप, भाडादर समायोजन, कर्जाको ब्याज पुँजीकरण गरी ६ महिना ब्याज मात्रै तिर्न पाउनुपर्ने, आधार ब्याजदरमै कर्जा पाउनुपर्ने, गाडीको अवधि १० वर्ष थप गर्नुपर्ने लगायत माग यातायात व्यवसायीले राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू