अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

एमालेमा कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न माग

बिआरटीनेपाल २०७८ साउन १० गते ७:३३ मा प्रकाशित

नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अबिलम्ब कार्यान्वयनको माग गरेका छन् । आज १० सदस्यीय विघटित कार्यदलका नेताहरूसँगको छलफलपछि लिखित प्रस्ताव पारित गर्दै सांसदहरुले १० बुँदे कार्यन्वयनको नेतृत्व लिन आग्रह गरेका हुन् ।

केपी ओली र माधव नेपाल दुवै समूहका सांसदहरूको सहभागिता रहेको छलफलको संयोजन यज्ञराज सुनुवारले गर्नुभएको थियो । पार्टी एकताको लागि पारित गरेको १० बुँदे प्रस्तावले एमालेका आन्तरिक समस्या समाधान गरि पार्टी एकता गर्न सकिन्छ भन्ने साझा बुझाइ आफूहरूको रहेको सांसद सुनुवारले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू