अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 18:13

कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा– कमल थापा

बिआरटीनेपाल २०७८ साउन ९ गते ७:१३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा मात्र हुनसक्ने बताउनुभएको छ ।शनिबार काठमाडौंको क्षेत्र नम्बर ५(क)ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्न नरहेको भन्दै अबको विकल्प राप्रपा भएको दावी गर्नुभयो ।

चौध वर्षअघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको बताउँदै अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृति, विसंगति र बेथितिको अन्त्य चाहने हो भने जनताले राप्रपालाई रोज्नुपर्ने टिप्पणी गर्नुभयो ।

अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनावद्ध रुपमा सनातन धर्ममाथि आक्रमण भइरहेको जिकिर गर्दै प्रमुख नेताहरूको अकर्मण्यताले विदेशी चलखेलसमेत बढेको बताउनुभयो । नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार सञ्चालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको उहाँको आरोप छ ।

पार्टीको महाधिवेशन र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्न कार्यकर्तालाई निर्देशन दिँदै थापाले संगठन सुदृढीकरण, सक्रिय सदस्यता वितरण अभियान र जनताको सुखदुःखमा उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गर्नुभयो । काङ्ग्रेस र कम्युनिष्टको असफलता, भ्रस्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने औँल्याउनुभयो ।

कांग्रेस र कम्युनिष्टबाट आजित भएका जनतालदे विकल्पको खोजी गरेको बताउँदै अध्यक्ष थापाले राप्रपालाई वैकल्पिक शक्ति बनाउन सक्रियतापूर्वक काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू