अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

इक्वेडरको कारागारमा झडप हुँदा ८ जना कैदीको मृत्यु

बिआरटीनेपाल २०७८ साउन ९ गते ७:११ मा प्रकाशित

इक्वेडरका दुई कारागारमा एकसाथ भएको झडपमा ८ जना कैदीको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुमा तीन प्रहरी अधिकारी पनि रहेका छन् ।

इक्वेडरको गुआस प्रान्तमा रहेको एक कारागारमा कैदी बन्दीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको हो । यसैगरी कोटोपाक्सीमा रहेको अर्को कारागारमा भएको झडपमा करिब २० जना घाइते भएका छन् ।

इक्वेडरमा यसअघि गत फेब्रुअरीमा कारागारमा भएको हिंसात्मक दंगमा ७९ जना कैदीको मृत्यु भएको थियो । इक्वेडरका कारागारहरुमा क्षमताभन्दा बढी कैदीहरू रहेका कारण बेला बेलामा यस्ता घटना हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू