अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने महेश बस्नेतको चेतावनी

बिआरटीनेपाल २०७८ साउन ९ गते ७:०९ मा प्रकाशित

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिनुभएको छ । शनिबार युथ फोर्सको भ्याली कमाण्डको घोषणा र शपथग्रहण कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघका इन्चार्ज समेत रहेका नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमालेलाई फुटाउने षड्यन्त्र भइरहेको बताउनुभयो ।

बस्नेतले सत्तारुढ गठबन्धनसँग १ सय २९ सांसद्मात्र भएको दाबी गर्दै राष्ट्रपतिमाथि महाअभियोगको विषयमा नसोच्नसमेत चेतावनी दिनुभएको छ । भ्याली कमाण्ड घोषणाअघि युथ फोर्सले काठमाडौंका विभिन्न स्थानबाट मार्चपास निकालेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू