अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन ९ गते ७:०५ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३ सय ९ र एन्टिजेन विधिबाट ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हाल सम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत् छन् । आज थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सम्म कूल सङ्क्रमित मध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४ दशमलब ५ प्रतिशत रहेको छ ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ । नेपालमा यसबाट मृत्यु दर १ दशमलब ५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू