अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२७ | Colorodo: 10:42

“कम्युनिष्ट पार्टीमा लागेपछि हाम्रो अवस्था फेरियो, जनताको फेरिएन” – चित्रबहादुर केसी

बिआरटीनेपाल २०७८ साउन ८ गते ९:०७ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्टले जनताको विश्वास जित्न नसकेको बताउनुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजीत एक कार्यक्रममा बोल्दै केसीले जनताको विश्वास कम्युनिष्टले कायम राख्न नसकेको बताउनुभएको हो ।

उहाँले नेपालमा अहिलेसम्म कम्युनिष्ट र गैर कम्युनिष्टमा केही फरक नभएको बताउनुभयो । केसीले भन्नुभयो, ‘कम्युनिष्ट सरकारमा हुँदा पनि गरिबी, अशिक्षा रहन्छ भने जनताले कम्युनिष्ट र गैर कम्युनिष्टमा के फरक देख्छन् ? हामीले जनताको विश्वास जित्न सकेनौँ । हामीले गैर कम्युनिष्ट भन्दा फरक केही गर्न सकेनौँ ।’

केसीले आफूहरुले राणा, पञ्चालय, राजा फालेर पनि आफ्नो विचार र व्यवहारमा परिवर्तन भने गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले पार्टीमा लागेपछि आफूहरुको अवस्था, जीवनशैलीमा परिवर्तन भएको तर जनताको अवस्था जहाँको त्यहिँ रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू