अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२
| Colorodo: 19:57
पोखरा नागढुंगा स्थित फेवा सिटी हस्पिटलमा उपचाररत् बिरामीको मृत्युपछि तनाव सिर्जना भएको छ । स्याङ्जाकी युवतीको पत्थरीको शल्यक्रियाको क्रममा असफल भएको जानकारी परिवारलाई दिएपछि आफन्त आन्दोलित भएका छन् ।
आँधिखोला गाउँपालिका वडा नं. ६ शेरा घर भएकी २६ वर्षीया सबिना पोख्रेल ढकालको हिजो हस्पिटलमा स्वास्थ्य जाँच गरिएकोमा डाक्टरले पत्थरी भएको जानकारी गराएको परिवारजनले बताएका छन् । लगत्तै डाक्टरको सल्लाहअनुसार अप्रेशन गरिएपनि बिरामीको मृत्यु भएपछि परिवारजन र आफन्त आन्दोलनमा उत्रिएका हुन् ।
अस्पतालकै लापरबाहीले बिरामीको ज्यान गएको उनीहरुको ठहर छ । अस्पताल प्रशासनले यस सम्बन्धमा केही बोलेको छैन ।