अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

देशभर २ हजार ९७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, थप १८ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन ८ गते ९:०४ मा प्रकाशित

बितेको २४ घण्टामा देशभर २ हजार ९७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज १ हजार ६ सय ७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल १७ हजार ३०८ जनाको स्वाब परीक्षण गर्दा सो २९७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१३ हजार ६९८ जनाको पीसीआर गर्दा १९८२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै बितेको २४ घण्टामा थप १८ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६७९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू