अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

तरबारको धारमा हिँडेर माधव नेपालले संविधान बचाएः चन्द्रदेव जोशी

बिआरटीनेपाल २०७८ साउन ८ गते ८:३८ मा प्रकाशित

नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले एकअर्कालाई धोकोधडी गर्ने प्रवृतिको विकास हुँदा कम्युनिष्ट आन्दोलन सकंटमा परेको बताउनुभएको छ । खुट्टा लरवराउने नेताहरुले कम्युनिष्ट आन्दोलन बचाउन नसकिने उहाको भनाई छ ।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरको च्यासलमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो बिषयक प्रवचन कार्यक्रममा जोशीले माधकुमार नेपालप्रति सम्मान ब्यक्त गर्नुभयो ।

तरबारको धारमा हिँडेर भएर पनि संविधान बचाएको जोशकिो भनाई थियो । उहाँले भन्न्ुभयो, नैतिकताको संकटमा कम्युनिष्ट आन्दोलन गुज्रिएको छ। ओली प्रवृतिको विरोध गर्न आवश्यक छ। भ्रष्टाचारबाट मुलुकले मुक्ति खोजिरहेको छ। गफ छोड्ने जमातले एमालेलाई पनि संकटमा पारेको छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू