अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

‘महाराजधिराज खुसी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नुपर्ने भयो’–नेता नेपाल

बिआरटीनेपाल २०७८ साउन ८ गते ८:४० मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिनुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा वरिष्ठ नेता नेपालले आममाफी दिने ओलीको घोषणालाई श्री ५ को संज्ञा दिनुभएको हो ।

नेता नेपालले ओली अझै परिवर्तन नभएको बताउँदै गएको वर्षदेखि पार्टीको विधि र पद्धतिलाई नमानिरहेको बताउनुभयो । नेता नेपालले आफ्नो निवासअघि राति मोटरसाइकलमा आएका १५/२० जनाले तर्साउन खोजेको समेत बताउनुभयो । क्रान्तिकारी भाषणले मात्रै नागरिकको मन नजितिने बताउँदै उहाँले क्रान्तिकारी कामले नागरिकको मन जितिने बताउनुभयो ।

हिजो बिहीवार पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ जनालाई आममाफी दिएको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू