अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५ | Colorodo: 07:50

बजेट हुने योजना नहुने, योजना हुने बजेट नहुने अवस्थाको अन्त्य गर्नुपर्छ -अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७८ साउन ८ गते ८:३९ मा प्रकाशित

अर्थ मन्त्री जनार्दन शर्माले बजेट हुने योजना नहुने, योजना हुने बजेट नहुने अवस्था अन्त्य गर्नुपर्नेमा पनि आफू सचेत रहेको बताउनुभएको छ । शुक्रवार अर्थ मन्त्रालयमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले देशको अर्थतन्त्रको यथार्थता आम नेपाली नागरिकलाई जानकारी गराउने पनि दोहोर्याउनुभयो । । उहाँले मन्त्रालय नागरिकलाई सहजीकरण गर्ने निकाय जस्तो नभएकोमा असन्तुष्टि व्यक्त गर्दै त्यसलाई पुनर्संरचना गरेर अघि बढ्ने योजना पनि सार्वजनिक गर्नुभयो । शर्माले संसदमा टेबुल गरिएको अध्यादेश टुङ्गो नलगाइ अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने स्पष्ट पार्नुभएको छ । अर्थ मन्त्री शर्माले आर्थिक अध्यादेश संसदबाट टुङ्गो लगाएर मात्रै अर्थ मन्त्रालयको कामलाई प्रभावकारी ढङ्गले अघि बढाउन सकिने बताउनुभएको हो ।

व्यवसाय धराशायी अवस्था रहेको उल्लेख गर्दै अर्थ मन्त्री शर्माले त्यसका जटिलतालाई हटाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले वित्तीय तथा आर्थिक अनुशासनको सङ्कट हल गर्नुपर्ने, नीति निर्माणको तहमा उठेका प्रश्नको जवाफ दिनुपर्ने चुनौती आफूमाझ रहेको पनि स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू