अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

सुनको मूल्य वृद्धि

बिआरटीनेपाल २०७८ साउन ८ गते २:५६ मा प्रकाशित

नेपाली बजारमा शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार १सय रुपैयाँ कायम भएको हो ।

बिहीबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले घट्दै ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य समेत बिहीबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू