अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

‘ए’ डिभिजन लिग निर्धारित मितिमै हुने

बिआरटीनेपाल २०७८ साउन ८ गते २:२४ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो हप्तादेखि आयोजना हुने भएको छ । १४ क्लब मध्येका चार  ए डिभिजन लिग क्लबले मङ्गलवार लिग रोक्न अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्थामा पुग्ने आशङ्का देखिएको थियो । तर, अखिल नेपाल फुटबल सङ्घ  एन्फा  का अध्यक्ष कर्माछिरिङ शेर्पाले भने चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग हुने बताउनुभयो ।

ललितपुरका चार क्लबले कोरोना महामारीको विषम परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापन पत्र बुझाएका थिए । त्यही विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनै क्लबले लिग रोक्न दिएको ज्ञापन पत्रले केही फरक नपर्ने भन्दै निर्धारित मितिमा नै लिग हुने बताउनुभयो ।

सहिद स्मारक ुएु डिभिजन लिग २०२१ असोज ३ गतेदेखि आयोजना गर्ने तालिका एन्फाले यसअघि नै सार्वजनिक गरेको छ । एन्फाले यसअघि नै पदाधिकारीहरुसँगको छलफलबाट असोज पहिलो हप्तादेखि  गर्ने बताइसकेको थियो ।  त्यही बैठकबाट ुएु डिभिजन लिगका लागि खेलाडी दर्ता साउन १५ गतेबाट खुला पनि गरेको थियो । उहाँले चार क्लबको सहभागिता हुनेमा आशावादी रहेको र आइतवार छलफल हुने बताउनुभयो । लिगमा सहभागी नभए लिग नियमावली अनुसार हुने उहाको भनाई छ ।

असोजबाट हुने लिगमा ुबीु डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबसहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो सिजनमा लिगको पुछारमा रहेर लिग टुङ्ग्याएको सरस्वती यो सिजनमा हुने छैन । शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ । फरक ढाँचामा सञ्चालन गर्न लागिएको लिगमा पहिलो चरणमा सबै क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् भने त्यसपश्चात शीर्ष ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया