अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

राष्ट्रपति भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ पहिलो पटक तिब्बतमा, निङ्चीदेखि ल्हासासम्म रेल यात्रा

बिआरटीनेपाल २०७८ साउन ८ गते २:१८ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गर्नुभएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले यसबारे जानकारी दिएको हो । राष्ट्रपतिका रूपमा सी जिनपिङको यो पहिलो तिब्बत भ्रमण हो । बुधवार दक्षिण–पश्चिमी तिब्बतको निङ्ची सहर पुग्दा स्थानीयवासीले उहाँको स्वागत गरेका थिए । सिन्ह्वाका अनुसार जिनपिङले न्याङ नदीमा बनेको पुलको पनि निरीक्षण गर्नुभएको छ । बिहीवार उहाँले निङ्चीदेखि ल्हासासम्म रेल यात्रा गर्नुभयो ।

निङ्ची र ल्हासाबीच गएको महिना मात्रै रेल सेवा सुरु भएको हो । यो तिब्बतको पहिलो विद्युतीय रेल सेवा हो । तिब्बत चीनको स्वशासित क्षेत्र हो । तिब्बतको निङ्ची सहर भारतको अरुणाचल सीमा नजिक छ । यो आसपासको क्षेत्र केही वर्षयता भारत र चीनबीच सीमा विवादको केन्द्र पनि बनेको छ । रेडियो फ्री एसियाका अनुसार सी जिनपिङको यात्राका क्रममा सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको थियो । ड्रोन र चङ्गा उडाउन पनि रोक लगाइएको थियो, साथै उद्योग र निर्माणस्थलमा काम बन्द गरिएकाे थियो ।

चीनले ७० वर्षअघि तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो । तिब्बती धर्मगुरु दलाई लामा आफ्ना आनुयायीका साथ भारतको धर्मशालामा रहँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू