अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज, ११ हजार २ सय बढी खेलाडीले खेल्दै

बिआरटीनेपाल २०७८ साउन ८ गते २:१५ मा प्रकाशित

विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपले सुरु हुँदैछ ।विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो हुन लागेको हो ।कोरोना महामारीले अघिल्लो वर्ष हुन नसकेको यो ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नैं राखिएको छ ।

ओलम्पिकका केही खेलहरु दुई दिन अघि नैं सुरु भइसकेका छन् । तर औपचारिक उद्घाटन भने नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे सुरु हुनेछ ।ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिहंले बोक्नेछिन् ।नेपालबाट पौडीका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् ।

गौरिकाले महिला १०० सय मिटर फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् ।सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफल, जुडोकी सोनियाले महिला ४८ केजी तौल समूह तथा एथ्लेटिक्सकी सरस्वतीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । ओलम्पिकमा सहभागिता जनाउन विश्वका २ सय ४ देश तथा क्षेत्रबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू