अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 11:53

राप्रपा अध्यक्ष थापा र विप्लवबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ साउन ८ गते २:०५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । थापा निवास बूढानीलकण्ठमा दुई नेता विच भेटवार्ता भएको हो ।भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको बताइएको छ ।

भेटपछि अध्यक्ष कमल थापाले ट्वीटरमार्फत भन्नु भएको छ, ‘ नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव र सो पार्टीका नेता तथा राप्रपाका नेताहरु बीच आज सौहार्दपूर्ण भेटघाट भयो । दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भयो ।’

उहाँले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको पनि बताउनु भएको छ । विप्लवले सरकार परिवर्तनसँगै शीर्ष नेतासँगको भेटवार्तालाई तीव्रता दिनुभएको छ । उहाँले बऋुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नु भएको थियो ।

त्यसअघिे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई समेत भेट गरि सक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू