अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

चीनबाट थप १० लाख मात्रा खोप नेपाल आइपुग्यो

बिआरटीनेपाल २०७८ साउन ७ गते ८:०८ मा प्रकाशित

सरकारले खरिद गरेको कोरोनाविरुद्धको १० लाख मात्रा खोप आज नेपाल आइपुगेको छ । चीनबाट खरिद गरिएको कोरोनाविरुद्धको खोप भेरोसल आज अपरान्ह काठमाडौं आइपुगेको हो । बेइजिङबाट खोप ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज हिजै चीनका लागि प्रस्थान गरेको थियो । खोप लिन गएको जहाज आज दिउँसो २ – १५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ जाँदैछ । भोलि दिउँसो २ बजे उक्त जहाज काठमाडौं फर्कनेछ । बाँकी डोज ल्याउन उक्त जहाज पुनः शनिबार बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू