अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

प्रधानमन्त्री देउवासँग जापानी राजदूतको भेट, कोरोनाविरुद्धको थप खोप दिने जापानको बचन

बिआरटीनेपाल २०७८ साउन ७ गते ८:०७ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालस्थित जापानी राजदूत किकुता युताकाले भेट गर्दै बधाई दिनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो भएको भेटमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा देउवालाई राजदूत युताकाले बधाई एवं शुभकामना दिनुभएको थियो ।त्यसक्रममा, राजदूत युताकाले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाएको बधाई सन्देश पनि हस्तान्तरण गर्नुभएको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाउने बारेमा छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । कोरोनाविरुद्धको १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेकामा प्रधानमन्त्री देउवाले जापान सरकारलाई धन्यवाद पनि दिनुभयो । उक्त खोप केही दिनमै नेपाल आउने पनि जनाइएको छ ।

राजदूत युताकाले भने भविष्यमा थप खोप पनि नेपाललाई दिने प्रतिवद्धता जनाउनुभएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू