अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

२०३२ को ओलम्पिक अष्ट्रेलियामा हुने

बिआरटीनेपाल २०७८ साउन ७ गते ८:०७ मा प्रकाशित

सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले हिजो २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो । जापानको टोकियोमा बसेको बैठकले उक्त संस्करणको ओलम्पिक अष्ट्रेलियामा गर्ने निर्णय गरेको हो ।

ब्रिसबेन ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । अष्ट्रेलियामा तेस्रो पटक विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आयोजना हुन लागेको हो । यसअघि मेलबर्न र सिड्नीमा ओलम्पिकको सफल आयोजना भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू