अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

एमाले बैठक – एकताका लागि अधिकतम प्रयास गर्ने निष्कर्ष

बिआरटीनेपाल २०७८ साउन ७ गते ८:०६ मा प्रकाशित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने निष्कर्ष निकालेको छ । कमिटीको बिहीबार बसेको बैठकले एकताका लागि अधिकतम प्रयास गर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभएको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताएको ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार ओलीले विगतका गल्ती सच्याएर आउनेलाई स्वागत गर्न सक्ने बताएको ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच पनि एकताका लागि निरन्तर संवाद भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू