अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

टोकियो ओलम्पिकः २३ वर्ष मुनिको पुरुष फुटबलमा मेक्सिकोद्वारा फ्रान्स पराजित

बिआरटीनेपाल २०७८ साउन ७ गते ८:०५ मा प्रकाशित

टोकियो ओलम्पिक अन्तर्गत २३ वर्ष मुनिको पुरुष फुटबलमा मेक्सिकोले फ्रान्सलाई पराजित गरेको छ । आज भएको खेलमा मेक्सिकोले फ्रान्सलाई ४– १ गोल अन्तरले पराजित गरेको हो । समूह ‘ए’ मा रहेको मेक्सिकोलाई जित दिलाउन एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा, कार्लोस अन्टुना र एड्वार्डो अग्युरेले एक एक गोल गरे ।

यस्तै फ्रान्सका आन्द्रे पीएरेले एक गोल फर्काए । यस्तै समूह ‘बी’ को न्युजिल्याण्डले दक्षिण कोरियालाई १–० ले पराजित गरेको छ । समूह ‘सी’ को स्पेन र इजिप्टले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू