अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

लिबियामा डुंगा दुर्घटना, २० जना बेपत्ता

बिआरटीनेपाल २०७८ साउन ७ गते ८:०२ मा प्रकाशित

उत्तर अफ्रिकी देश लिबियाबाट युरोप जान हिडेका आप्राबासी चढेको डुंगा दुर्घटना हुँदा २० जना बेपत्ता भएका छन् ।लिबियाको तटीय क्षेत्रबाट अवैध रुपमा युरोप प्रवेश गर्न खोजेका ७ वटा डुंगालाई भुमध्य सागरमा रोक्न खोज्दा सो दुर्घटना भएको हो । दुर्घटना पर बेपत्ता भएकाको खोजी कार्य भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् ।

लिबियाबाट रातको समयमा सात वटा डुंगामा पाँच सय आप्राबासी अवैध मार्गबाट युरोप जान लागेका थिए । डुंगामा सवार ४३ महिलासहित पाँच सय जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । लिबियाबाट समुद्री मार्ग हुँदै हरेक वर्ष हजारौ आप्रावासी अबैध रुपमा युरोप प्रवेश गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू