अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

फाइजर र एस्ट्राजेनेकाको दुबै मात्रा डेल्टा भेरिएन्टमा प्रभावकारी रहेको दावी

बिआरटीनेपाल २०७८ साउन ७ गते ८:०१ मा प्रकाशित

फाइजर र एस्ट्राजेनेकाको दुवै डोज लगाउँदा डेल्टा भेरिएन्टविरुद्ध पनि प्रभावकारी दावी गरिएको छ । ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित एक अध्ययनका अनुसार अमेरिकी कोरोनाविरुद्धको खोप फाइजरको पहिलो डोज ३६ प्रतिशतसम्म प्रभावकारी रहेको र एस्ट्राजेनेकाको ३० प्रतिशत प्रभावकारी देखिएको सार्वजनिक गरेको हो ।

यस्तै फाइजरको दुवै डोजको खोपले लक्षणसहितको डेल्टा भेरिएन्टबाट ८८ प्रतिशत र अल्फा भेरिएन्टविरुद्ध ९३ दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको छ । त्यसैगरी एस्ट्राजेनिकाको दुवै डोजको खोप डेल्टा भेरिएन्टविरुद्ध ६७ प्रतिशत तथा अल्फा भेरिएन्टविरुद्ध ७४ दशमलव ५ प्रतिशत प्रभावकारी पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू