अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 15:20

‘थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ’ –प्रतिरोध सभा

बिआरटीनेपाल २०७८ साउन ७ गते ८:०१ मा प्रकाशित

‘थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ’ भन्ने नारासहित ‘प्रतिरोध सभा’को आयोजना गरिएको छ। माइतिघर मण्डलाबाट सुरु भएको प्रतिरोध ¥याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो। सभामा सहभागीहरुले महिला हिंसा, भ्रष्टाचार, अनियमितता लगायतको विरोध गरेका छन्।

उनीहरुले ‘यस्तो थिति फालौँ, आउनुस् नयाँ थालौँ’, ‘घरभित्र बस्यो हिंसा छ, घरभित्र बस्यो हिंसै छ, दिदी र बहिनीको संसार, हत्या र बलात्कार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। यस्तै प्रतिरोध सभामा कविता वाचन, सांगीतिक प्रस्तुती र नाट्य प्रस्तुती पनि प्रस्तुत गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू