अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

‘बोइङ, वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा निगमका कर्मचारीको पनि मिलेमतो छ’

बिआरटीनेपाल २०७८ साउन ७ गते ८:०० मा प्रकाशित

सरकारको स्वामित्वमा रहेको नेपाल वायु सेवा निगम माफियालाई बुझाउन लागिएको आरोप लगाउँदै नेपाल वायु सेवा निगमका कर्मचारीले विरोध प्रदर्शन गरेका हुन् । कर्मचारीले संयुक्त ट्रेड युनियन सङ्घर्ष समिति बनाएर सरकारले चालेका कदमको विरोध गरेका हुन् । सरकारले हतारमा सरकारको सम्पत्ति माफियालाई बुझाउन लागेको आरोप लगाउँदै र नेपालको गौरवशाली इतिहास मेट्न खोजेको भन्दै उनीहरूले यो कार्य तत्काल रोक्न माग गरेका छन् ।

सरकारको हितमा काम गर्नुपर्ने महाप्रबन्धक डिमप्रसाद पौडेलले सरकारको मिलेमतोमा माफियाको हितमा काम गरेको आरोप लगाउँदै समितिले उहाँको राजीनामाको मागसमेत गरेको छ । सङ्घर्ष समितिले तीन दिनको छोटो अवधिमा कुनै कर्मचारीलाई थाहा नदिइ प्रबन्ध पत्र तयार गरेर ५१ प्रतिशत शेयर किन्ने जुनसुकै लगानीकर्तालाई नेतृत्व दिने लगायत प्रावधान राख्नुले यो सरासर माफियालाई दिन खोजेको पुष्टि भएको बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू