अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

माधव नेपाल समूहका नेताले गरेका गल्तीलाई माफी दिने एमाले अध्यक्ष ओलीको घोषणा

बिआरटीनेपाल २०७८ साउन ७ गते ७:५६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने सांसदहरुलाई आममाफी दिने घोषणा गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिँदै बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गर्नुभएको हो ।

उहाँले पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिँदै सबैलाई एक भएर अघि बढ्न पनि आह्वान गर्नुभयो । झण्डै एक घण्टा लामो सम्बोधन गर्नुभएको ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताउनुभयो । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू