अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

जसपा विवाद – साउन ११ गते ५१ जनाको सनाखत लिने आयोगको निर्णय

बिआरटीनेपाल २०७८ साउन ७ गते ७:५५ मा प्रकाशित

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धमा कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ । बिहीबार अध्यक्ष दिनेश थपलियासहितको इजलासले आधिकारिकता विवाद टुंग्याउन जसपा नेपाल एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सनाखतका लागि बोलाइएको हो ।

सनाखतका लागि आयोगले साउन ११ गते ११ बजे सक्लल नागरिकतासहित बोलाउने निर्णय गरेको छ । उनीहरूको सनाखत गरेपछि आयोगले ११ गते अन्तिम फैसला सुनाउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू