अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२६ | Colorodo: 15:41

टोक्यो ओलम्पिक रद्द हुनसक्ने आयोजकको संकेत

बिआरटीनेपाल २०७८ साउन ६ गते ७:३५ मा प्रकाशित

टोक्यो ओलम्पिक आयोजक समितिले खेल रद्द हुनसक्ने संकेत गरेको छ । टोक्यो ओलम्पिकका प्रमुख तोशिरो मुटोले कोभिड संक्रमितको संख्या शुक्ष्म निरीक्षण गर्दै आवश्यकताका आधारमा निर्णय गरिने बताउनुभयो । बुधबार भएको पत्रकार सम्मेलनमा मुटोलाई यस अवस्थामा आएर ओलम्पिक रद्द हुनसक्छ भन्ने प्रश्न गरिएको थियो । जवाफमा मुटोले ओलम्पिक रद्द गर्ने आशंकालाई इन्कार गर्न नसकिने बताउनुभएको थियो ।

मुटोको यस्तो अभिव्यक्तिपछि टोक्यो ओलम्पिकका प्रवक्ताले आयोजकले शत प्रतिशत खेल सफल गराउनेतर्फ ध्यान दिइरहेको बताए ।टोक्यो ओलम्पिकका खेल शुक्रबारदेखि सुरु हुँदैछ । खेल सुरुहुनुअघि ओलम्पिक भिलेजका ७० भन्दा धेरै व्यक्तिमा कोभिड संक्रमण भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खेल विनादर्शक खेलाइने आयोजक समितिले बताउँदै आएको छ ।

ओलम्पिक गर्ने भएपछि जापानको टोक्योमा अहिले संकटकाल लगाइएको छ । त्यहाँ कोभिड संक्रमितको संख्या बढ्न नदिन अधिकांश स्थानमा धेरै मानिस जम्मा हुन रोक लगाइएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया