अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

ईरानको खुजेस्तानमा खानेपानीको अभाव भएको भन्दै सर्वसाधारणद्वारा प्रदर्शन

बिआरटीनेपाल २०७८ साउन ६ गते ७:३४ मा प्रकाशित

ईरानको दक्षिण–पश्चिमी प्रान्त खुजेस्तानमा खानेपानीको अभावका कारण प्रदर्शन सुरु भएको छ । खानेपानीको अभावका कारण मानिसहरुले सरकार विरुद्ध प्रदर्शन गरिरहेका छन् । ईरानको सरकारी समाचार संस्था फार्सका अनुसार दक्षिण–पश्चिमी क्षेत्र बाहेक अन्य सहरहरुमा पनि पानीको अभाव भएको भन्दै प्रदर्शन सुरु भएको छ ।

प्रदर्शनलाई नियन्त्रण गर्नका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेका छन् । हिंसाका कारण एक जना प्रदर्शनकारीको मृत्यु समेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । यसअघि पनि ईरानमा यसै महिनाको सुरुमा विद्युत आपूर्ति नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए । ईरानमा पछिल्लो एक दशकदेखि सुक्खाका कारण पानीको अभाव हुन थालेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू