अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३३ | Colorodo: 03:48

अनेसास बोस्टनमा भानु जयन्ती

बिआरटीनेपाल २०७८ साउन ६ गते ६:१५ मा प्रकाशित

बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टनले आइतबार २०७औँ भानु जयन्ती मनाएको छ । पशुपति बुद्ध फाउन्डेसनको सभाकक्षमा आयोजित कार्यक्रममा विभिन्न कविहरूले कविता वाचन गर्नुका साथै भानुभक्तको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले अनेसास बोस्टन च्याप्टरका पूर्व अध्यक्षहरूलाई सम्मान – पत्र प्रदान गरेर सम्मानित गरेका थिए । सम्मानित हुनेहरूमा च्याप्टरका पूर्व अध्यक्षहरू अच्युत अधिकारी, भारती गौतम, डा. उषा शर्मा, हरिप्रसाद काफ्ले, लालगोपाल सुवेदी र यम पौडेल रहेका छन्। यसै गरी पूजाले एनआरएन म्यासाच्युसेटका नवनिर्वाचित अध्यक्ष प्रेम तामाङ, महिला संयोजक अन्जु पन्त, रूपक अधिकारीलगायतका पदाधिकारीहरूलाई स्वागत- सम्मान गरेका थिए।

कार्यक्रममा अनेसास बोस्टनका पूर्व अध्यक्ष हरि काफ्लेले भानुभक्तका बारेका प्रकाश परेका थिए भने अलि मिया प्रतिष्ठानका अनिफ मिया, एनआरएन म्यासाच्युसेटका अध्यक्ष प्रेम तामाङ, अनेसास बोस्टनका निवर्तमान अध्यक्ष यम पौडेल, डा. उषा शर्मा, अच्युत अधिकारी, अनेसास बोस्टनका सचिव अभि गजुरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अनेसास बोस्टनका अध्यक्ष दीपा राई पुनद्वारा सञ्चालित उक्त कार्यक्रममा अनेसास न्युह्यमसायरका अध्यक्ष हरिमाया अधिकारी, ममता कर्माचार्य, अनु शाह, हार्दिक काफ्ले, रुक्मिणी कार्की, प्रकाश खडका, विमल नेपाल, थानीरत्न कँडेललगायतले सिर्जना वाचन गरेका थिए ।

महेश्वर पन्तको संयोजनमा आयोजित कार्यक्रममा पन्तले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू