अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

चीनमा बाढी प्रभावित दश हजार बढी नागरिकको उद्धार : कम्तीमा १२ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ साउन ६ गते ०:३९ मा प्रकाशित

चीनमा मुसलधारे पानीका कारण आएको बाढीमा प्रभावित दश हजार बढी नागरिकको उद्धार गरिएको छ । ​हेनान प्रान्तका उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

मध्य चीनमा बाढी आएसँगै मानिसहरू घर छोड्न बाध्य भएका छन् । रेल स्टेशन र सडक डुबानमा परेका छन् । मुख्य सडकहरू बन्द र उडानहरू रद्द गरिएसँगै एक दर्जनभन्दा बढी सहर प्रभावित भएका छन् । बाढीमा कम्तीमा १२ जनाको ज्यान गएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ ।

झण्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको हेनान प्रान्तमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ । बाढी आउनुमा धेरै कारणहरु रहे पनि जलवायु परिवर्तनका कारण बढेको तापक्रमले भीषण वर्षाको क्रम तीव्र बनाएको विज्ञले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू