अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

प्रधानमन्त्री देउवा खुमलटारमा, प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

बिआरटीनेपाल २०७८ साउन ५ गते ७:३० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उहाको निवास जानुभएको छ । खुमलटारमा दुई नेताहरूबीच वार्ता भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीति र मन्त्रिपरिषद् विस्तार सम्बन्धमा पनि छलफल भएको बुझिएको छ ।

भेटका क्रममा देउवाले प्रचण्डपत्नी सीतासँग पनि भेट गर्नुभएको छ । भेटमा देउवाले सीताको स्वास्थ्य अवस्थाको विषयमा पनि जानकारी लिनुभएको थियो । यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू