अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

आज कोरोनाको कारण २५ जनाको मृत्यु, ३ हजार १ सय ८ जनामा संक्रमण

बिआरटीनेपाल २०७८ साउन ५ गते ७:२२ मा प्रकाशित

आज देशभरबाट १५ सय ९५ जना कोरोनामुक्त भएका छन् । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ३१ सय ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा १३ हजार १३५ नमूनाको परीक्षण भएको थियो । जसमा ८८ सय ३६ नमूनाको पीसीआरबाट र ४२ सय ९९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा ३१ सय ८ जनामा सङ्क्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट २५ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू