अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

नेजा अधिवेशनको तयारी अन्तिम चरणमा, प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका अध्यक्ष पोखरेल

बिआरटीनेपाल २०७८ साउन ४ गते १०:०६ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को सातौं अधिवेशन तथा १४ औँ साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ । भर्जिनियामा जुलाई २४ र २५, २०२१ मा हुने सङ्घको अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल आउनुहुने भएको छ ।

त्यसै गरी पत्रकार महासङ्घ तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष हरिहर विरही पनि अधिवेशनको उद्घाटनमा सहभागी हुनुहुनेछ । त्यस्तै, महामहिम राजदूत डा. युवराज खतिवडा, मेरिल्यान्ड हाउस अफ स्टेटका डेलिगेट्स ह्यारी भण्डारी, एनआरएनए आइसिसी तथा एनसिसी युएसएका पदाधिकारीहरू, विभिन्न सङ्घसंस्थाका प्रमुखहरूको अधिवेशनमा सहभागिता रहनेछ ।

सङ्घको अधिवेशनमा सङ्घका संस्थापकहरूको पनि उपस्थिति रहनेछ भने उत्तर अमेरिकामा रहनुभएका सङ्घका सदस्यहरूको जमघट हुनेछ । सङ्घकी डिसी मेट्रो क्षेत्रका संयोजक तथा व्यवस्थापन समिति संयोजक लीला ओझाका अनुसार अधिवेशन लक्षित तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनमा आउनुहुने पत्रकारहरूलाई केही आवश्यक परे सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू