अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिए

बिआरटीनेपाल २०७८ साउन ३ गते ०:२६ मा प्रकाशित

टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिएका छन् ।ओलम्पिकको आयोजक कमिटिले हिजो ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।ओलम्पिकमा सहभागि हुन विदेशबाट आएका एक व्यक्तीमा कोरोना संक्रमण भएको बताइएका छ ।

टोकियो ओलम्पिक औपचारिकरुपले सुरु हुन अब ६ दिन मात्रै बाँकी छ । तर भिलेजभित्रै कोरोना संक्रमण पुष्टि भएपछि आयोजकहरुमा चिन्ता थपिएको छ ।कोरोना संक्रमित व्यक्ती खेलाडी नभएर खेल आयोजनामा संलग्न रहेको बताईएको छ । आयोजकले कोरोना संक्रमितको परिचय गोप्य राखेको छ ।

कोरोना संक्रमण देखिएपछि उनलाई ओलम्पिक भिलेजबाट छुट्टै स्थानमा आइसोलेसनमा राखिएको छ । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । ओलम्पिकमा नेपालबाट पौडीमा दुई तथा एथ्लेटिक्स, जुडो र शुटिङमा एक एक जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू