अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

राजेश पायल राई र सुदिता राईको ‘लगन’ ” सार्वजनिक

बिआरटीनेपाल २०७८ साउन २ गते १२:०३ मा प्रकाशित

कतारमा युट्युब ट्रेन्डीङ्गमा
धरान – मेलिना मैनाली पछि गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउन्ड बाट बाहिरिएकी अर्की गायिका सुदिता राई लाई पनि आफ्नो बाचा अनुरूप राई इज किङ्ग राजेश पायल राईले आफ्नो सङ्गीतमा युगल गीत गाउने मौका दिएका छन्।
गीत रेकर्डिङ सँगै राजेश पायल राई र सुदिता राई को आवाजमा सजिएको ‘लगन’ गीतको भिडियो समेत सार्वजनिक गरिएको छ ।प्रशन एलुङ राईको शब्द रहेको गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ भने गीतलाई पृथक् रेकर्ड्स स्टुडियोमा अनिल अधिकारी र विवेक रानापाहेलीले रेकर्डिङ साथै गीतलाई राजु कार्कीलेनै मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गीतमा गिटार सन्जिव सुब्बाले गिटार र रत्न विकले बाँसुरी बजाउनु भएको हो भने गीतको कोरसमा गायिका द्वय दीपा तामाङ र सङ्गीता रानापाहेलीले स्वर दिनु भएको छ भने भिडियो छायाङ्कन मनोज राई र दुर्गा बान्तवा राई गरेका हुन् भने भिडियो सम्पादन मनोज राईलेनै गरेका हुन्।

गायक राजेश पायल राईको आफ्नै अफिसियल यु–ट्युब च्यानलमार्फत शुक्रवार साँझ ५ बजे सार्वजनिक गरिएको उक्त भिडियो कतारमा समेत अहिले ट्रेन्डीङ्गमा रहेको छ भने मेलिना मैनालीसँगको गीत चोरी भो पनि सार्वजनिक भएको १० दिनपछि पनि अहिलेसम्म ट्रेन्डीङ्गमा रहेको छ।
भिडियो लिङ्क :

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू