अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

राखेपका उपाध्यक्ष शिव कोइराला ओलम्पिकमा सहभागी नहुने

बिआरटीनेपाल २०७८ साउन २ गते ८:०६ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष शिव कोइराला टोक्यो ओलम्पिक सहभागी नहुने हुनुभएको छ । उपाध्यक्ष कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणले आफू ओलम्पिकमा नजाने जानकारी दिनुभयो । नेपाल ओलम्पिक कमिटीले उपाध्यक्ष कोइरालालाई टोकियो ओलम्पिक जाने पदाधिकारीको सूचीमा राखेको थियो ।

कुनै बैठक र छलफलबाट आफ्नो नाम सिफारिस नभएको जनाउँदै कोइरालाले आफूलाई समेटेकोमा नेपाल ओलम्पिक कमिटीलाई धन्यवाद दिनुभएको छ । उहाँले आफूलाई टोकियो ओलम्पिकमा एथलेटिक्सको व्यवस्थापक बनाइएको भन्ने पनि जानकारी नभएको बताउनुभएको छ ।

टोक्यो ओलम्पिकमा भाग लिनका लागि शुक्रबार मात्रै १० सदस्यीय टोली त्यसतर्फ गएको थियो । एनओसी अध्यक्ष श्रेष्ठ नेतृत्वको टोली सोमबार टोकियो उड्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू