अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 14:51

नक्कली बिल बनाई कारोबार गर्ने विभिन्न कम्पनीविरुद्ध राजस्व विभागद्धारा मुद्दा दायर

बिआरटीनेपाल २०७८ असार ३१ गते ७:५७ मा प्रकाशित

राजस्व अनुसन्धान विभागले नक्कली तथा झुटा बिल बिजक बनाई कारोबार गर्ने विभिन्न फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।नक्कली तथा झुटा बिल बिजक बनाई कारोबार गर्ने विभिन्न फर्म तथा कम्पनीविरुद्ध ७१ करोड रकम मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले मालवस्तु खरिद तथा आयात नगरी बिल बिजक मात्रै देखाई तथा विभिन्न फर्म तथा कम्पनीका नाममा बिल जारी गरि राजस्व ठगी गरेको ठहर गरेको छ । विभागले सर्लाही जिल्लाको मनिराज सप्लायर्सले नक्कली बिल बिजक बनाई कारोबार गरेको आरोपमा ४१ करोड ५१ लाख विगो मागदाबी सहित विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

विभागले कम्पनीविरुद्ध ४१ करोड ५१ लाख जरिवाना र कैद मागदाबी सहित मुद्धा दायर गरेको हो । यस्तै रौतहट जिल्लाको शिव ट्रेडर्स र अल्का सप्लायर्स सँग २५ करोड ३५ लाख जरिवाना र कैद मागदाबी सहित विशेष अदालत पाटनमामा मुद्धा दायर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू