अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

दिनेश सुनारले राखे ५ चौ पटक बिश्वकिर्तिमान

बिआरटीनेपाल २०७८ असार ३१ गते ७:३९ मा प्रकाशित

मिति सन् २०२१ मार्च ७ आइतबारको दिन सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा भएको विशेष कार्यक्रम गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि चार पटकसम्म विभिन्न विधामा विश्व रेकर्ड राखिसकेका दिनेश सुनारले पाँचौँ पटक पार्कर खेलकै अर्को विधा The most standing full twist back somersult in 30 second मा नयाँ विश्व रेकर्ड बनाउन सफल भएका छन् । सुनारले दिएको प्रस्तुतिमा ३० सेकेन्डको समयमा १३ पटक सम्म twist back somersult हान्न सफल भएका हुन ।

यस विधामा विश्व रेकर्डको लागी मापदण्ड ३० सेकेन्डमा ८ पटक सम्म twist back somersult हान्नुपर्ने प्रावधान छ । यस कार्यक्रममा समाजका विशिष्ट व्यक्तिहरू ग्रेटर एक्रोन, हिन्दु सेवा समितिका अध्यक्ष श्री महानन्द लुइँटेल, भुटनिज कम्युनिटी एशोसियसन अफ एक्रोनका अध्यक्ष श्री मनोरथ खनाल, उपाध्यक्ष श्री आकाश खतिवडा, मास्टर श्री हर्क तिरुवा, सनसाइनका प्रोप्राइटर कौशिला खनाल कर्माचार्य लगायत अन्य विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो । दिनेश सुनार नेपाली फिल्महरू खेलिसकेको एक कलाकार पनि हो ।

उनले धेरै नेपाली फिल्महरूमा स्टन्ट मेनको रूपमा काम गरिसकेका छन् । दिनेश सुनार भन्छन् म उज्ज्वल ठकुरी दाइ जस्तै देशको लागी धेरै रेकर्ड राख्न चाहन्छु । मेरो यात्रा जारी छ । म गन्तव्यमा पुग्ने कोसिस गर्ने छु ।

बिश्वकीर्तिमानी दिनेश सुनार पूर्वी नेपालको खोटाङ तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानीमा बुवा बिर्ख बहादुर र आमा रिता सुनारको कोखमा जन्मिएका हुन ।

पाचौ कृतिमानको लागि खिचाएको भिडियो बि बि सी नेपालीबाट

प्रतिक्रिया