अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

जनगायक शर्माकी छोरी पनि गायनमा, पहिलो गीत लालीगुराँस ( भिडियो सहित)

बिआरटीनेपाल २०७८ असार २८ गते १०:५६ मा प्रकाशित

जनगायक जीवन शर्माकी छोरी अनु शर्माले पनि आफूलाई साङ्गीतिक क्षेत्रमा समर्पित गरेकी छिन् । यसको सुरुवात उनले लालीगुराँस फुल्यो वनैमा बोलको गीतबाट गरेकी हुन् । नवगायिका अनुले आफ्नो पहिलो गीत जन्मदिनको अवसर पारेर आफ्नै नामको युट्युब च्यानल स्थापना गरेर सार्वजनिक गरेकी छिन् ।

पहिलो चरणमा लिरिकल सार्वजनिक गरिएको गीतको भिडियो समेत चाँडै निर्माण गर्ने गायिका अनुले बताएकी छिन् । राष्ट्रियताको भाव बोकेको गीतको शब्द तथा सङ्गीत नीलिमा पुनले तयार गरेकी हुन् । आशिष् अविरलले एरेञ्ज गरेको गीतको लिरिकल भिडियो तुलसी बास्कोटाले सम्पादन गरेका हुन् ।


प्रतिक्रिया