अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

‘अदालतमा गोरु व्यायो’-कमल थापा

बिआरटीनेपाल २०७८ असार २८ गते ४:३३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा पुन:स्थापनाको सर्वोच्च अदालतको फैसलालाई हुनै नसक्ने निर्णय भएको आरोप लगाउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सर्वोच्च अदालतमा गोरु व्याएको भन्दै व्यंग्यात्मकरुपमा अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले अदालतको यस फैसलाले देश अस्थिरतामा फस्ने खतरा भएको समेत उल्लेख गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘वरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं (सर्वोच्च अदालतमा आज गोरू व्यायो ) राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू