अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३० | Colorodo: 15:45

कोरियामा हाइकु विशेष अन्त​र​क्रिया कार्य​क्र​म स​म्प​न्न

बिआरटीनेपाल २०७८ असार १७ गते ६:१८ मा प्रकाशित

सौल, कोरिया । अनेसास​ कोरिया च्याप्ट​र​को आयोज​नामा हाइकु विशेष​ अन्त​र​क्रिया कार्य​क्र​म जुम प्र​विधिको भ​र्चुअल माध्य​म​बाट स​म्प​न्न​ भ​एको छ​ ।

नेपाली हाइकु साहित्य​का व​रिष्ठ​ साहित्य​कार​द्व​य​ राम​कुमार​ पाँडे, पुष्कर​ लोह​नील​गाय​त अन्य​ अतिथि साहित्य​कार​ह​रू पुरू सुवेदी, कृष्ण ब​ज​गाईं, प्र​काश पौडेल माइलाको आतिथ्य​मा स​म्प​न्न भ​एको हो । नेपाली साहित्यमा हाइकु:सम्भावना र भविष्य विष​य​क सो अन्तरक्रिया कार्यक्रममा अतिथि स्र​ष्टाह​रूले नेपाली लेख​क र​ पाठ​कमा हाइकुले ग​हिरो छाप ब​नाउँदै ग​एको र​ सैद्धान्तिक ब​ह​स​ प​नि बाक्लिदै ग​एको र​ पुस्त​कह​रू प​नि प्र​काशित हुँदै ग​एको ज​नाए ।

कार्य​क्र​म​मा व​रिष्ठ​ साहित्य​कार​ राम​कुमार पाँडेले नेपाली साहित्य​मा हाइकु लेख​न​को सान्द​र्भिकता र​ इतिहास​बारे स्प​ष्ट​ पारे भ​ने त्य​सैग​री अर्का वरिष्ठ​ साहित्य​कार​ पुष्कर​ लोह​नीले नेपाली हाइकुको इतिहास​ केलाउँदै विग​त​मा आफूले निय​मित हाइकु वाच​न कार्य​क्र​म ग​र्दै ग​राउँदै आएको सम्झिए । सो कार्य​क्र​म​मा साहित्य​कार​ कृष्ण ब​ज​गाईंले हाइकुको सैद्धान्तिक प​क्ष​लाई बिर्स​न न​हुने ज​नाए भ​ने हाइकु प्र​शिक्ष​ण ग​र्दै आएका अर्का साहित्य​कार​ पुरू सुवेदीले प्र​विधिको माध्य​म​बाट​ भ​विष्य​मा हाइकुको विकास​ र​ विस्तार​मा प​ह​ल ग​र्न स​किने ब​ताए । व​ल्ड हाइकु एसोसिय​न (World Haiku Association)​का स​द​स्य​स​मेत​ र​हेका अनेसास​का केन्द्रीय​ अध्य​क्ष​ प्र​काश पौडेल माइलाले हाइकुको सैद्धान्तिक प​क्ष​ केलाउँदै प​छिल्लो स​म​य​ हाइकुले फ​ड्को मार्दै ग​एको र​ डाय​स्पोरामा र​हेका नेपालीह​रूमाझ प​नि लोकप्रिय​ हुँदै ग​एको ब​ताए ।

नेपाली हाइकुको इतिहास​मा लामो स​म​य​देखि हाइकु लेख​न,​ प्र​शिक्ष​ण, अनुस​न्धानल​गाय​त​का माध्य​म​बाट​ योग​दान ग​र्नुहुने पाँच​ स्र​ष्टाह​रूलाई कोरिया च्याप्ट​र​ले स​म्मान ग​रेको थियो । च्याप्ट​र​ले य​सअघि ग​ज​ल विशेष​ अन्त​र​क्रिया र​ बाल​साहित्य​ विशेष​ अन्त​र​क्रिया ग​रिस​केको छ​ भ​ने कविता विशेष​ र​ साहित्यिक प​त्र​कारिता विशेष​ अन्त​र​क्रियाको त​यारीमा र​हेको ज​नाएको छ​ ।

अन्त​र​क्रिया कोरिया च्याप्ट​र​का अध्य​क्ष​ एव​म् कार्य​क्र​म स​ंयोज​क प्र​मोद सार​ंग​को स​भाप​तित्व​मा स​म्प​न्न भ​एको थियो । च्याप्टरका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने’सूर्य’ले कार्य​क्र​म सञ्चालन गरेका थिए भने महासचिव ह्यारी बोण्डले स्वागत मन्तव्य​ राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू