अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

श्रीनिवास मल्लको ३ सय ५४ वर्ष पुरानो स्वर्ण सिंहासन प्रदर्शन

बिआरटीनेपाल २०७८ असार १० गते ९:११ मा प्रकाशित

तत्कालिन पाटन राज्यका राजा श्रीनिवास मल्लको ३ सय ५४ वर्ष पुरानो स्वर्ण सिंहासनको बिहीबार ललितपुरमा प्रदर्शन गरिएको छ ।कृष्णमन्दिरको प्रांगणमा शेषनागसहितको सिंहासन प्रदर्शन गरिएको हो । वर्षभरिमा सवैभन्दा लामो दिन मानिने जेष्ठ पूर्णिमाको दिन उक्त सिंहासन प्रदर्शन गर्ने परम्परा छ ।

पाटन ओकुवहाल बस्ने जोधाजु शाक्यले वि.स. १७२४ शुक्ल अष्टमी वृहस्पतिका दिन सम्यक महादान गरी राजा श्रीनिवास मल्ललाई सो सिंहासन चढाउनु भएको थियो ।सिंहासन सर्वसाधारणका लागि प्रदर्शन गर्दा वर्षा हुने जनविश्वास रहेको छ ।

सोही अवसरमा सिद्धिनरसिंह मल्लको जीवनसँग सम्बन्धित ३ सय ८५ वर्ष पुरानो पौभा चित्र पनि प्रदर्शन गरिएको थियो । ४ सय १ वर्ष अगाडी राजा सिद्धिनरसिंह मल्लले रचेको ३२ रागको परम्परागत शास्त्रीय संगीत पनि प्रस्तुत गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू