अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

यौन सम्पर्क राख्न नदिएपछि हत्या गरेको सन्तोषीका हत्या अभियोगीको स्वीकारोक्ति

बिआरटीनेपाल २०७८ असार १० गते ८:४१ मा प्रकाशित

चराचुरुंगीको आवाज निकालेर चर्चामा रहेकी सन्तोषी सुब्बाको हत्या आरोपमा एक युवा पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकालीबाट बुधबार पक्राउ पर्ने एक बसका सहयोगी २८ वर्षीय सुरेश तिमिल्सेना भएको प्रहरीले जनाएको छ । आरोपी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १४ को भएको जनाइएको छ ।

मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा मृत फेला परेकी सन्तोषीको हत्यामा तिमिल्सेना संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो ।काठमाडौंको कालोपुलमा धनबहादुर तामाङकी धर्मछोरी बनेर १७ वर्षदेखि बस्दै बस्दै आएकी सन्तोषी ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएको र फर्पिङ पुगेर होटेलमा बसेको प्रहरीको भनाइ छ ।

त्यहीँ बसेर चिया खाने क्रममा उनको ६ गते सुरेशसँग भेट भएकी सन्तोषीलाई तिमिल्सिनाले खाना र सुत्ने व्यवस्था मिलाइदिने आश्वासन दिएर बलात्कारको प्रयास गरेको तर उनले नमानेपछि हत्या गरेको प्रहरीको भनाइ छ । बलात्कारको प्रयासको सुब्बाले प्रतिकार गरेपछि घाँटी थिची उनैको सलले घाँटीमा बेरेर हत्या गरेर ढुंगाले अनुहारमा प्रहार गरी अभियोगी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले सुरेशको कोठाबाट सन्तोषीले प्रयोग गर्दै आएको मोबाइलसमेत बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू