अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

युरोकपमा समूह चरणका खेल सकिए, जर्मनी, पोर्चुगल, स्पेन र युक्रेन पनि राउण्ड अफ सिक्सटिनमा

बिआरटीनेपाल २०७८ असार १० गते ८:४० मा प्रकाशित

युरोकप फुटबलमा समूह चरणका खेलहरु सकिएका छन् । गएरातिका खेलहरुपछि जर्मनी, पोर्चुगल, स्पेन र युक्रेन पनि राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।समूह ‘एफ’ का अन्तिम खेलहरुमा जर्मनी र हंगेरी तथा फ्रान्स र पोर्चुगलले २–२ गोलको बराबरी खेलेका छन् । यो समूहबाट विजेता फ्रान्स, उपविजेता जर्मनी तथा तेस्रो स्थानको पोर्चुगल राउण्ड अफ सिक्सटिनमा पुगेका छन् । यसैगरी समूह ‘ई’ का अन्तिम खेलहरुमा स्पेनले स्लोभाकियालाई ५–० ले पराजित गर्दा स्विडेनले पोल्याण्डमाथि ३–२ को जित निकालेको छ ।

गएरातिका खेलहरुपछि युरोकप फुटबलको राउण्ड अफ सिक्सटिनको खेल समिकरण तय भएको छ । नक आउट चरणको पहिलो खेलमा यही शनिवार वेल्सले डेनमार्कसँग खेल्नेछ । सोही दिन इटालीको भिडन्त अष्ट्रियासँग हुनेछ । राउण्ड अफ सिक्सटिनका अन्य खेलहरुमा नेदरल्याण्ड्स र चेक रिपब्लीक, बेल्जीयम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इंग्ल्याण्ड र जर्मनी तथा स्विडेन र युक्रेन भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू