अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

इथियोपियामा वायु सेनाको कारवाहीमा कम्तिमा ८० जना मारिएको आशंका

बिआरटीनेपाल २०७८ असार १० गते ८:४० मा प्रकाशित

अफ्रिकी मुलुक इथियोपियामा वायु सेनाको कारवाहीमा कम्तिमा ८० जना मारिएको आशंका गरिएको छ ।इथियोपियाको उत्तरी तिग्रे प्रान्तमा गरिएको हवाइ हमलामा थुप्रै घाइते भएका छन् । इथियोपियाली सेनाले विद्रोहीहरुबाट बढेको सुरक्षा खतरा तटस्थ बनाउन हवाई हमला गरेको जनाएको छ ।

टिग्रे प्रान्तको राजधानी मेकेल्लेबाट २५ किलोमिटर टाढा टोगोगा शहरको व्यस्त बजारमा हवाई हमला गरिएको हो ।सर्वसाधारणमाथि लक्षित गरी हवाई हमला नगरेको सेनाले स्पष्ट पारेको छ । यद्दपी संयुक्त राष्ट्रसंघले भने घटनाको छानबीन गर्न माग गरेको छ ।

इथियोपियामा विद्रोहीहरुले हालैका दिनमा आतंकबादी घटनाहरु गर्दै आएका कारण सरकारले उक्त क्षेत्रमा हवाइ कारवाही तीव्र पारेको जनाएको छ । आक्रमणलगत्तै रेडक्रसलगायतका सहायता संस्थाहरुले घाइतेहरुको उद्धार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू